८ फागुन, काठमाडाैँ । शिक्षक सेवा आयोगले प्राथमिक तहको परीक्षाका लागि केन्द्र तोकेको छ । आइतबार एक सुचना जारी गर्दै आयोगले परीक्षा केन्द्र तोकिएको जानकारी दिएको हो ।
आयोगको सुचना अनुसार विभिन्न २० जिल्लाहरूमा परीक्षा केन्द्र तोकिएको छ । प्राथमिक तहको लिखित परीक्षा चैत्र १९ गते हुने तय भएको छ ।
कुन प्रदेशका कुन जिल्लामा तोकियो परिक्षा केन्द्र ?
प्रदेश १ : झापा,मोरङ, सुनसरी र उदयपुर ।
मधेश प्रदेश : धनुषा र पर्सा ।
बागमती प्रदेश : चितवन, मकवानपुर, काठमाडाैँ र ललितपुर ।
गण्डकी प्रदेश : बागलुङ, कास्की र तनहुँ ।
लुम्बिनी प्रदेश : रूपन्देही, कपिलवस्तु, दाङ र बाँके ।
कर्णाली प्रदेश : सुर्खेत ।
सुदूरपश्चिम प्रदेश : कैलाली र कञ्चनपुर ।