देशभर १८० जनामा कोरोना संक्रमण, थप १ जनाको मृत्यु
शिक्षाखबर डेस्क
१६ फाल्गुन २०७८, सोमबार
no immg

१६ फागुन, काठमाडाैँ । सोमबार मुलुकभर थप १८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५२१८ पिसिआर र ३१२३ जनाको एन्टिजेन परीक्षण गर्दा १८० जनामा संक्रमण पुष्टि भएको हो ।

सोमबार देशभर ४०० जना कोरोना संक्रमण मुक्त भएका छन् भने १ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया