१९ फागुन, काठमाडाैँ । बिहीबार मुलुकभर थप १०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४४८ पिसिआर र २४७६ जनाको एन्टिजेन परीक्षण गर्दा १०५ जनामा संक्रमण पुष्टि भएको हो ।
बिहीबार देशभर ३२० जना कोरोना संक्रमण मुक्त भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।






