२४ फागुन, धनगढी । धनगढी उपमहानगरपालिका–१३ राजपुर मैदामिल नजिकै आज ट्रकको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ । धनगढीबाट अत्तरियातर्फ जाँदै गरेको बा२ख ५१५५ नम्बरको ट्रकले ठक्कर दिँदा धनगढी–१३ राजपुरका टेकेन्द्र कुँवरको १६ वर्षीया छोरी स्वस्तिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिए ।
प्रनाउ जोशीका साइकलमा यात्रा गरेर बाटो क्रस गर्ने क्रममा ट्रकले ठक्कर दिँदा निज स्वस्तिकाको टाउको र शरीरमा चोट लागि उपचारको लागि धनगढीस्थित मायामेट्रो अस्पताल लगिएको र उपचारका क्रमका उनको मृत्यु भएको हो । ट्रक चालक गोदावरी नगरपालिका–४ का गणेशबहादुर लामालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।