रुखमा डेरा बनाएर पढ्ने धनकुमारलाई ‘वर्ष चर्चित विद्यार्थी’ को उपाधि
शिक्षाखबर डेस्क
२५ फाल्गुन २०७८, बुधबार
no immg

२५ फागुन, खोटाङ । रूखमाथि चढेर अनलाइन कक्षामा सहभागी हुने विद्यार्थीले वर्ष चर्चित विद्यार्थीको उपाधि पाएका छन् । कोरोना महामारीको समयमा रूखमाथि चढेर अनलाइन कक्षामा सहभागी भएका खोटाङका धनकुमार मगरलाई वर्ष चर्चित विद्यार्थीको उपाधि प्रदान गरिएको हो ।

उनि अध्ययनरत विद्यालयले नै उनलाई वर्ष चर्चित विद्यार्थीको उपाधि प्रदान गरेको हाे ।

उनी अहिले कक्षा १० मा अध्ययनरत छन् । कोरोना महामारीका कारण विद्यालय बन्द भएपछि अनलाइन माध्यमबाट पढ्न उनले रूखमा टाँड बनाएका थिए ।

उनी अध्ययनरत सरस्वती मावि अर्खौलेले विद्यालयको ६२ औं वार्षिकोत्सवको अवसरमा वर्ष चर्चित विद्यार्थी–२०७८ को उपाधि प्रदान गरेको हो ।

गाउँमा मोबाइलको डेटाले काम नगरेपछि उनी रूखमा चढेर कक्षामा सहभागी भएका थिए ।

प्रतिक्रिया