देशभर ८३ जनामा कोरोना संक्रमण, १३० जना संक्रमणमुक्त
शिक्षाखबर डेस्क
१ चैत्र २०७८, मंगलवार
no immg

१ चैत, काठमाडाैँ । मंगलबार मुलुकभर थप ८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४७३४ पिसिआर र ३१५० जनाको एन्टिजेन परीक्षण गर्दा ८३ जनामा संक्रमण पुष्टि भएको हो ।

मंगलबार देशभर १३० जना कोरोना संक्रमण मुक्त भएका छन् भने कसैको पनि मृत्यु भएको छैन।

प्रतिक्रिया