२ चैत, काठमाडाैँ । लोकसेवा आयोगले ३ सय स्टाफ नर्सका लागि दरखास्त आह्वान गरेको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार ‘नेपाल स्वास्थ्य सेवा, जनरल नर्सिङ समूह, पाँचौं तह, स्टाफ नर्स पदका लागि ३ सय दरबन्दी तत्काल पदपूर्ति गर्न अनुरोध भएअनुसार विज्ञापन आह्वान भएको लोकसेवाले जानकारी दिएको छ ।
लोकसेवाले खुलामा १६५, महिलामा ४५ जना, आदिवासी जनजातिमा ३६, मधेसीमा २९, दलितमा १३, अपांगता सात र पिछडिएका क्षेत्रमा पाँच सिट कायम गरेको छ ।
स्टाफ नर्सका लागि १८ वर्ष पुरा भएर ४५ वर्ष ननाघेका व्यक्तिहरूले आवेदन दिन पाउनेछन् । आवेदन दिन पाउने मिति सामान्य दस्तुरमा चैत २२ गतेसम्म र दोब्बर दस्तुरमा २९ गतेसम्म तोकिएको छ ।