देशभर ५१ जनामा कोरोना संक्रमण, मृत्यु हुनेको संख्या शुन्य
शिक्षाखबर डेस्क
४ चैत्र २०७८, शुक्रबार
no immg

४ चैत, काठमाडाैँ । शुक्रबार मुलुकभर थप ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २५९२ पिसिआर र ३३२२ जनाको एन्टिजेन परीक्षण गर्दा ५१ जनामा संक्रमण पुष्टि भएको हो ।

शुक्रबार देशभर ३९२ जना कोरोना संक्रमण मुक्त भएका छन् भने कसैको पनि मृत्यु भएको छैन।

प्रतिक्रिया
सम्बन्धित खबर
भर्खरै