४ चैत, काठमाडाैँ । स्थायी शिक्षकको परीक्षामा परिचयपत्र पनि देखाउनु पर्ने भएको छ । शिक्षक सेवा आयोगले लिन लागेको परीक्षामा सामेल हुने परीक्षार्थीहरूले प्रवेश पत्रसँगै परिचयपत्र पनि देखाउनु पर्ने भएको हो ।
शिक्षक सेवा आयोगले चैत १५, १७, १९ र २१ गते स्थायी शिक्षकको लागि खुल्ला तथा आन्तरिक प्रतियोगितात्मक परीक्षा सञ्चालन गर्दैछ ।
आयोगले एक सुचना जारी गर्दै परीक्षामा सहभागी हुनेले प्राप्त गरेको प्रवेश पत्रमा उम्मेदवारको परिचय खुल्ने विवरणमा केही अस्पष्टता देखिएको गुनासो आउने गरेको भन्दै यस्तो व्यवस्था गरेको उल्लेख गरेको छ ।
शिक्षक सेवा आयोगले चैत १५ देखि २१ गतेसम्म स्थायी शिक्षकका लागि परीक्षा लिन लागेको छ ।