एनओसी लिन केशरमहलमा दैनिक हजार विद्यार्थीको लाइन
शिक्षाखबर डेस्क
५ चैत्र २०७८, शनिबार
no immg

काठमाडाैं / कोरोना महामारी घटेसँगै गत जनवरीबाट अस्ट्रेलिया र जापानले विदेशी विद्यार्थीलाई पनि भर्ना लिन थालेपछि वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) लिनेको भिड लाग्न थालेको छ । शिक्षा मन्त्रालयको केशरमहलस्थित वैदेशिक अध्ययन अनुमति शाखामा दैनिक करिब हजार विद्यार्थी एनओसीका लागि पुग्ने गरेका छन् । सेवा व्यवस्थित नबनाइँदा विद्यार्थीले सास्ती पनि खेप्नुपरेको छ ।

अहिले दैनिक औसत आठ सयले एनओसी लिइरहेको शाखा प्रमुख हरि निरौलाले बताए । यस वर्ष अस्ट्रेलियाका लागि सबैभन्दा बढीले आवेदन दिएका छन् । केही सातायता जापान अध्ययनका लागि सेवा लिनेको संख्या धेरै छ । कोरोना महामारीका कारण पछिल्ला दुई वर्ष धेरै विद्यार्थी वैदेशिक अध्ययनमा जान पाएका थिएनन् । महामारीअघि दैनिक औसत तीन सयले एनओसी लिने गरेका थिए ।

प्रतिक्रिया