६ चैत, चितवन । नेपाल होस्टेल एशोसिएसन (नेहा)को चितवन शाखाको कार्यसमितिमा नयाँ नेतृत्व चयन गरेको छ । शनिबार भएको साताै साधारण सभा तथा चाैथो अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको हो ।
उक्त अधिवेशनबाट कृष्णशंकर अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको हो । त्यसैगरी, उपाध्यक्षमा कुसुम गिरी र कोषाध्यक्षमा पुनम जिसी र सचिवमा प्रवेश गाैतम निर्वाचित भएका छन् ।
त्यस्तै, सहसचिवमा महेश लामिछाने, कार्य समिति सदस्यमा दाता छिरिङ तामाङ, शम्भु प्रसाद साह, प्रदिप खाती, लक्ष्मी भुषाल, सुजन बाबु भट्ट र हिरादेवी ढकाल निर्वाचित भएका छन् ।
चाैथो अधिवेशनमा नयाँ कार्यसमितिका लागि उल्लेखित व्यक्तिहरूको मात्र उम्मेद्वारी दर्ता भएका कारण उनीहरू निर्विरोध निर्वाचित भएका हुन् ।