प्राविधिक शिक्षा आजको आवश्यकता : मुख्यमन्त्री पोखरेल
शिक्षाखबर डेस्क
१३ चैत्र २०७८, आईतवार
no immg

१३ चैत, तनहुँ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्राविधिक शिक्षा आजको आवश्यकता रहेको बताएका छन् । जिल्लाको म्याग्दे गाउँपालिका–१ गुणादी स्थित महेन्द्र माविको आज उद्घाटन गर्दै उहाँले भौतिक संरचना सँगसँगै गुणस्तर शिक्षा प्रदान गर्न आवश्यक रहेको बताए ।

शिक्षाविना विकासले फड्को मार्न नसक्ने भन्दै मुख्यमन्त्री पोखरेलले समयको मागअनुरुप शिक्षा दिन सक्नुपर्नेमा जोड दिए । प्राविधिक शिक्षा सञ्चालनका लागि तपार्इंहरु तयारी भएर आउनूस् प्रदेश सरकारबाट गर्ने सहयोगमा सदैव साथ र सहयोग मिल्ने उनले प्रतिबद्धता व्यक्त गरे । “अहिलेको युग प्रविधिको युग भएकाले प्राविधिकमैत्री शिक्षामा जोड दिनुपर्छ,” उनले भने, “जस्तोसुकै प्रतिस्पर्धामा पनि डट्न सक्ने जनशक्ति उत्पादन गर्नेतर्फ लाग्नुपर्छ ।”

उक्त विद्यालयको चारकोठे एउटा भवन पुनःनिर्माण प्राधिकरणको रु ६८ लाखको लागतमा निर्माण गरिएको हो । त्यसैगरी ६ कोठे भवन अन्तर्राष्ट्रिय संस्था योङ लिभिङ फाउन्डेशनको रु ५० लाख लागतमा गरी दुई भवन निर्माण गरिएको हो ।

त्यसैगरी वडा कार्यालयको रु पाँच लाखको लागतमा शुद्ध खानेपानी योजनासमेत सम्पन्न गरिएको महेन्द्र माविका व्यवस्थापन समितिका अध्यक्ष विजयराज खनालले जानकारी दिए । कार्यक्रममा प्रदेश सभासद् आशा कोइरालाले प्राविधिक शिक्षाका लागि जोड दिँदै आवश्यक पहल र सहयोगका लागि आफू पनि सदैव सकारात्मक भएर लाग्ने बताए । कार्यक्रममा म्याग्दे गाउँपालिकाकी अध्यक्ष मायादेवी राना, वडाध्यक्ष शिवशरण वाग्ले, नेकां म्याग्देका उपसभापति पुष्पराज खनाल लगायतका वक्ताहरुले आफ्ना भनाइ राखेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खबर
भर्खरै