देशभर २१ जनामा कोरोना संक्रमण, ३१९ जना संक्रमणमुक्त
शिक्षाखबर डेस्क
१४ चैत्र २०७८, सोमबार
no immg

१४ चैत, काठमाडाैँ । सोमबार मुलुकभर थप २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५१५२ पिसिआर र ११५७ जनाको एन्टिजेन परीक्षण गर्दा २३ जनामा संक्रमण पुष्टि भएको हो ।

सोमबार देशभर ३१९ जना कोरोना संक्रमण मुक्त भएका छन् भने मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।

प्रतिक्रिया