१५ चैत, काठमाडाैँ । आजदेखि स्थायी शिक्षकको परीक्षा सुरू हुँदैछ । शिक्षक सेवा आयोगले लिन लागेको परीक्षा आजदेखि सुरू हुने भएको हो ।
आयोगले १७ हजार ३ सय ३२ शिक्षकका लागि आवेदन खला गरेको थियो । सोही पदका लागि ४ दिनसम्म परीक्षा सञ्चालन हुनेछ ।
आज आयोगले माध्यमिक तहको परीक्षा लिनेछ । त्यसैगरी, बिहीबार निम्न माध्यमिक तह, शनिबार प्राथमिक तह र सोमबार आन्तरिक बढुवातर्फको परीक्षा हुने आयोगले सुचना प्रकाशन गरेर जानकारी दिएको थियो ।
आयोगले मावि तहमा १ हजार ५ सय ५२, निमाविमा २ हजार ५ सय ९८ र प्राविका लागि १३ हजार ९३ शिक्षकको विज्ञापन खुला गरेको थियो ।
स्थायी शिक्षकको परीक्षा १०० पूर्णाङ्कको हुन्छ भने ४० अंक ल्याउने परीक्षार्थीहरू पास हुनेछन् ।