देशभर ४२ जनामा कोरोना संक्रमण, ८३ जना संक्रमणमुक्त
शिक्षाखबर डेस्क
१५ चैत्र २०७८, मंगलवार
no immg

१५ चैत, काठमाडाैँ । मंगलबार मुलुकभर थप ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४३२२ पिसिआर र ११४९ जनाको एन्टिजेन परीक्षण गर्दा ४२ जनामा संक्रमण पुष्टि भएको हो ।

मंगलबार देशभर ८३ जना कोरोना संक्रमण मुक्त भएका छन् भने मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।

प्रतिक्रिया