देशभर २६ जनामा कोरोना संक्रमण, ७७ जना संक्रमणमुक्त
शिक्षाखबर डेस्क
१६ चैत्र २०७८, बुधबार
no immg

१६ चैत, काठमाडाैँ । बुधबार मुलुकभर थप २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३९४० जनाको पीसीआर र १२५२ जनाको एन्टिजेन परीक्षण गर्दा २६ जनामा संक्रमण पुष्टि भएको हो ।

बुधबार देशभर ७७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।

प्रतिक्रिया