नेपाली सेनामा ठूलो संख्याका लागि खुल्यो जागिर, क-कसले दिन पाउँछन् आवेदन ?
शिक्षाखबर डेस्क
१७ चैत्र २०७८, बिहीबार
no immg

१७ चैत, काठमाडाैँ । नेपाली सेनामा रोजगारीको अवसर खुलेको छ । जंगी अड्डाले बिहीबार सुचना प्रकाशित गर्दै ठूलो संख्यामा स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।

प्रकाशित सुचना अनुसार खुलातर्फ २ हजार ९८ सिट छ भने समावेशीतर्फ महिला, आदिवासी/जनजाती, मधेसी, दलित र पिछडिएको क्षेत्रलाई छुट्टै कोटा छ । जसअनुसार महिलामा ३५८, आदिवासी/जनजातीमा ५७२, मधेसीमा ५०५, दलितमा २७२ र पिछडिएको क्षेत्रका लागि ८५ सिट कायम गरिएकाे छ ।

त्यस्तै, ४ हजारमध्ये ११० सिट सैनिकका सन्ततिका लागि सुरक्षित गरिएको छ । कर्तव्य पालनको सिलसिलमा अशक्त/मृत्यु भएका नेपाली सैनिकका सन्ततिले उक्त कोटामा प्रतिस्पर्धा गर्न पाउनेछन् ।

नेपाली सेनामा जागिरका लागि आवेदन दिन कक्षा ८ उत्तीर्ण भएका तथा १८ वर्ष पूरा गरी २२ वर्ष ननाघेको हुनुपर्ने शर्त राखिएको छ । इच्छुक तथा योग्य व्यक्तिहरूले वैशाख १६ गतेसम्म दरखास्त दिन पाउनेछन् ।

प्रतिक्रिया