देशभर ११ जनामा कोरोना संक्रमण, ९० जनाले जिते कोरोना
शिक्षाखबर डेस्क
१९ चैत्र २०७८, शनिबार
no immg

१९ चैत, काठमाडाैँ । शनिबार मुलुकभर थप ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०८३ जनाको पीसीआर र १२७७ जनाको एन्टिजेन परीक्षण गर्दा ११ जनामा संक्रमण पुष्टि भएको हो ।

शनिबार देशभर ९० जना कोरोना संक्रमण मुक्त भएका छन् भने मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।

प्रतिक्रिया