२० चैत, काठमाडाैँ । एमबिबिएसको परीक्षामा अर्काको नाममा परीक्षा दिने नक्कली परिक्षार्थीहरू पक्राउ परेका छन् ।
महानगरीय अपराध महाशाखाले अर्काको नाममा परीक्षा दिँदै गरेका ४ जना र एकजना परीक्षार्थीलाई पक्राउ गरेको हो ।
महानगरीय प्रहरी महाशाखाका अनुसार ललितपुरको किष्ट कलेजमा एमबीबीएस पढ्दै गरेका ३ जना विद्यार्थीसहित ५ जनालाई पक्राउ गरिएको महाशाखाले जानकारी दिएको छ ।
पक्राउ पर्नेहरूमा किष्ट कलेजमा एमबीबीएस प्रथम वर्षमा अध्ययनरत अमर पण्डित, अनिकेत चौधरी र तेस्रो वर्षमा अध्ययनरत राम आशिष रहेका छन् । उनीहरू आर्थिक प्रलोभनमा परी अर्काको नाममा परीक्षा दिन गएको खुलेको छ ।
त्यसैगरी, भारतको बिहार घर भएका इस्तियाक अहमद र परीक्षार्थी सन्नीकुमार शाहलाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका उनीहरू परिक्षार्थीहरूको नागरिकता बोकेर परिक्षा हलमा प्रवेश गरेको पाइएको छ । चैत १८ मा सञ्चालित प्रवेश परीक्षा दिँदै गरेका उनीहरु सिसिआरसी कलेज, एम्बीसन कलेज र कोटेश्वरस्थित ग्रामर स्कुलबाट पक्राउ परेका हुन्
उनीहरूबिच पूर्ण छात्रवृत्तिमा नाक निकस्किए १८ लाखसम्म लिनगरी डिल भएको पनि बुझिएको छ । उनीहरूले पेश्की स्वरूप सक्कली परिक्षार्थीबाट ५० हजारदेखि १ लाख ५० हजारसम्म रकम लिइसेको पाइएको प्रहरीले बताएको छ ।