२२ चैत, उदयपुर । उदयपुरमा ट्युशन पढ्न हिँडेकी छात्राको हत्या भएको छ । मंगलबार सबेरै एसईई परीक्षाको तयारीका लागि अतिरिक्त कक्षाहरू लिन साथीसँगै हिडेकी १७ वर्षीया कविता सुनुवारको शव खोलामा फेला पर्यो ।
उनी मंगलबार बिहान मिल्ने साथिसँगै ट्युशनका लागि निस्किएकी थिइन् । तर, ट्युशन लिने ठाउँमा पुग्नुभन्दा ५–६ सय मिटर वरको खोलामा उनको शव फेला पर्यो ।
प्रहरीले उक्त घटनामा संलग्न भएको आरोप्मा अनुसन्धानका लागि उनकी मिल्नेसाथी र १९ वर्षका युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले प्रारम्भिक अनुसन्धानबाट दिएको जानकारी अनुसार कवितासँग व्यक्तिगत रिसिवी भइपछि उनकी साथिले काकाका छोराको सहयोग लिएर कविताको हत्या गरेको देखिएको छ । यद्यपी, थप अनुसन्धानबाट विस्तृतमा थप जानकारीहरू खुल्दै जाने प्रहरीले बताएको छ ।
अनुसन्धानमा संलग्न प्रहरीले अधिकृतले घटनास्थलबाट विरयको बोतल र ढुंगाहरू पनि बरामद गरेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानले बियरको बोतलले टाउकोमा प्रहार गरेपछि ढुंगाले हिर्काएर हत्या गरेको जस्तो देखाएको छ ।
प्रहरीले अहिले किशोरीहरुको सम्बन्ध पत्ता लगाउन कल डिटेल र सामाजिक सञ्जाल पनि अनुसन्धान गरिरहेको छ ।
शवलाई पोष्टमार्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लगिएको छ । प्रहरीले शवको पोष्ट मार्टमपछि थप विवरण खुल्ने पनि बताएको छ ।