देशभर १० जना भन्दा कम व्यक्तिमा कोरोना संक्रमण
शिक्षाखबर डेस्क
२४ चैत्र २०७८, बिहीबार
no immg

२४ चैत, काठमाडाैँ । बिहीबार मुलुकभर थप ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २८१९ जनाको पीसीआर र १८४९ जनाको एन्टिजेन परीक्षण गर्दा ७ जनामा संक्रमण पुष्टि भएको हो ।

बिहीबार देशभर २५ जना कोरोना संक्रमण मुक्त भएका छन् भने मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।

प्रतिक्रिया