देशभर १० जनामा कोरोना संक्रमण
शिक्षाखबर डेस्क
५ बैशाख २०७९, सोमबार
no immg

५ वैशाख, काठमाडाैँ । सोमबार मुलुकभर थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ६९१ जनामा गरिएको परीक्षणमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सोमबार देशभर ३४ जना कोरोना संक्रमण मुक्त भएका छन् भने मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।

प्रतिक्रिया