७ वैशाख, एजेन्सी । पश्चिमी काबुलको एक विद्यालयमा भएको विस्फोटमा मृत्यु हुनेको संख्या २० नाघेको छ ।
१-टिभी न्युज प्रसारकले स्रोतलाई उद्धृत गर्दै मङ्गलबार जनाएअनुसार राजधानीको दश्त-ए-बर्ची जिल्लाको अब्दुल रहिम शहिद हाई स्कूलमा भएको विस्फोटमा छ जनाको मृत्यु भएको र दर्जनौं घाइते भएको बताइएको छ।
शहरको सुरक्षा विभागले पछि विद्यालयको मैदानमा तीनवटा विस्फोट भएको बताएको थियो। त्यसअघि काबुलको पश्चिमी भागमा रहेको मुमताज विद्यालयको क्षेत्रमा अर्को विस्फोट भएको थियो।
विस्फोटको जिम्मेवारी अहिलेसम्म कुनै समूहले लिएको छैन।