१४ वैशाख, चितवन । शुल्क वृद्धि भएपछि नेपाल पोलिटेक्निक ईन्स्टिच्युट, भोजाड चितवनमा तालाबन्दी गरिएको छ ।
सिंगो राष्ट्र नै आर्थिक मन्दीको चपेटमा परिरहँदा पनि विद्यार्थी र श्रमजिवी अभिभावकको ढाड सेक्नेगरी गरिएको शुल्क वृद्धि तत्काल खारेज गर्न माग गर्दै २ विद्यार्थी संगठनले संयुक्त रूपमा विज्ञप्ती जारी गर्दै तालाबन्दी गरेका हुन् ।
पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजमा विभिन्न माग राख्दै आज बिहानदेखि तालाबन्दी गरिएको अखिल(क्रान्तिकारी) का इकाइ अध्यक्ष नारायण खनालले शिक्षाखबरलाइ जानकारी गराए ।
त्यस्तै, विद्यार्थी संगठनले मेरिटको आधारमा भेटेनरी संकायामा भर्ना गर्नुपर्ने, कलेेजमा विद्यार्थी कल्याणकारी कोषको स्थापना गर्नुपर्ने लगायत माग राखेको छ ।