२१ वैशाख, काठमाडाैँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले स्थानीय तहको निर्वाचन लक्षित मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ । अनेरास्ववियुले मतदाताको घरदैलोमा नै पुगेर मतदाता शिक्षा दिने भएको हो ।
गत सोमबार बसेको केन्द्रीय समितिको बैठकले देशभरका ७५३ वटै स्थानीय तहमा भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नका लागि कमाण्डरको जिम्मेवारी पनि तोकेको छ ।
अनेरास्ववियूले ‘एक बुथ एक सय क्रान्तिकारी युवा परिचालन’ भन्ने नारा सहित सबै निर्वाचन क्षेत्रमा युवाहरू परिचालन गर्ने निर्णय गरेको छ ।
अनेरास्ववियूद्वारा निर्णयसहित जारी विज्ञप्तीमा भनिएको छ, ‘हाम्रो महान तथा गौरवशाली संगठन अनेरास्ववियु (क्रान्तिकारी) को केन्द्रिय समितिको दोस्रो पूर्ण बैठकको निर्णय अनुसार यहि बैशाख ३० गते सम्पन्न हुन गइरहेका स्थानिय तहको निर्वाचनमा जनताको घरदैलोमा पुगेर मतदाता शिक्षा दिने र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न बूथ सुरक्षा सहित नेकपा (माओवादी केन्द्र र गठवन्धनका साझा उम्मेदवारलाई विजय गराउन “एक बुथ एक सय क्रान्तिकारी युवा परिचालन” गर्ने निर्णयलाई कार्यान्वयन गर्न केन्द्रीय पदाधिकारी द्वारा सम्बन्धित प्रदेशको पालिकाहरुको परिचालनको लागि आवश्यक समन्वय गर्ने गरि ७५३ पालिकामा निर्वाचन परिचालन कमान्डरको जिम्मेवारी तपसिल बमोजिम कार्यविभाजन गरिएको निर्णय यसै प्रेस वक्तव्यद्वारा सार्वजनिक गर्दछौ ।’
कुन स्थानीयन तहमा कसले पाए कमान्डरको जिम्मेवारी ?
विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।