२२ वैशाख, काठमाडाैँ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले वैशाख २८ गतेदेखि ३० गतेसम्म विद्यालय बन्द गर्न निर्देशन दिएको छ ।
बिहीबार एक सुचना जारी गर्दै केन्द्रले मतदानस्थल तोकिएका विद्यालयहरूमा भौतिक उपस्थिति नगराई वैकल्पिक विधिबाट पठनपाठन सञ्चालन गर्न निर्देशन दिएको हो ।
आगामी ३० गते देशभर स्थानीय तहको निर्वाचन हुँदैछ । देशका विभिन्न ठाउँमा विद्यालयहरूमा पनि सो दिनमा लागि मतदानस्थल तोकिएको छ ।






