मुख्यखबर

देशभर ४ जनामा कोरोना संक्रमण, थप १८ जना संक्रमणमुक्त

शिक्षाखबर संवाददाता

२९ बैशाख २०७९, बिहीबार

२९ वैशाख, काठमाडाैँ । बिहीबार मुलुकभर थप ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८१७ जनामा गरिएको परीक्षणमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

बिहीबार देशभर १८ जना कोरोना संक्रमण मुक्त भएका छन् भने कसैको पनि मृत्यु भएको छैन।