मुख्यखबर

महिनाको अन्तिम दिन जम्मा २ जनामा कोरोना संक्रमण

शिक्षाखबर संवाददाता

३१ बैशाख २०७९, शनिबार

३१ वैशाख, काठमाडाैँ । शनिबार मुलुकभर थप २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार २५४ जनामा गरिएको परीक्षणमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

शनिबार देशभर १६ जना कोरोना संक्रमण मुक्त भएका छन् भने कसैको पनि मृत्यु भएको छैन।