गुल्मीमा विद्यार्थीलाई याैन दुर्व्यवहार गरेको आरोपमा २ शिक्षक पक्राउ परेका छन् । प्रहरीले शनिबार उक्त आरोपमा २ जना शिक्षकलाई नियन्त्रणमा लिएको हो ।
कक्षा ९ मा पढ्ने विद्यार्थीलाई २ शिक्षकले केही समयदेखि दुर्व्यवहार गरेको उजुरी परेपछि उनीहरूलाई नियन्त्रणमा लिएको बताइएको छ ।
उनीहरू २ जनाले कक्षा ९ मा पढ्ने एक जना बालिकामाथि याैन दुर्व्यवहार गरेको आरोप लागेको छ ।