मुख्यखबर

पेट्रोल प्रतिलिटर २१ र डिजेल-मट्टीतेल प्रतिलिटर २७ रूपैयाँले वृद्धि

शिक्षाखबर संवाददाता

६ असार २०७९, सोमबार

६ असार, काठमाडौँ । सरकारले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ। आइतबार राति १२ बजेबाट लागु हुने गरी सरकारले पेट्रोल लिटरमा २१ रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा २७ रूपैयाँ बढाएको हो।

एकै पटक यती धेरै प्रतिलिटर मूल्य वृद्धि भएको यो पहिलो पटक हो। खाना पकाउने एलपीजी ग्यासको मूल्य भने यथावत रहेको छ। नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १९९ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल प्रतिलिटर १९२ पुगेको छ।