अष्ट्रेलिया गएकी चितवनकी पद्माका दुबै मिर्गाैला खराब, उपचारका लागि आर्थिक सहयोगको याचना
शिक्षाखबर डेस्क
१० असार २०७९, शुक्रबार
no immg

१० असार, काठमाडाैँ । अध्ययका लागि अष्ट्रेलिया आएकी एक नेपाली युवतीका दुबै मिर्गाैला बिग्रिएका छन्। २९ वर्षीया पद्मा लामाका दुबै मिर्गाैला बिग्रिएपछि उनले सहयोगको याचना गरेकी छिन् ।

उनको उपचारमा सहयोगका लागि अहिले सहयोग जुटाउन समेत सुरू गरिएको छ।

अष्ट्रेलियाको एडिलेडमा मास्टर्स पढ्न आएकी पद्मालाई सन् २०१९ तिरै मृगौलामा केही समस्या देखिएको थियो। करीब ८ महिना अघिसम्म औषधीको सहारा लिइरहेकी पद्मामा मिर्गाैला पूर्ण रूपमा बिग्रिएका कारण प्रत्यारोपण नै गर्नु पर्ने भएको छ। यसका लागि उनी नेपाल आएकी छिन् । उनको घर चितवनको भरतपुर हो।

तर, घरको कमजोर अवस्था भएका कारण मिर्गाैला प्रत्यारोपण गर्न समस्या भएपछि उनले सहयोगको याचना गरेकी हुन्।

पद्माले अहिले हप्ताको दुई पटक डायलासिस गरिरहेकी छिन्। तर, अन्तिम अवस्थामा भएका कारण उनको मिर्गाैला प्रत्यारोपण गर्नु नै अन्तिम विकल्प रहेको चिकित्सकले बताएका छन्।

आफु अझै बाचेर समाज र मानवहितका लागि काम गर्न चाहेकाले सबैले सहयोग गरेर ज्यान बचाइदिन पद्माले अपिल गरेकी छिन् ।

मिर्गाैला पिडीत पद्माको उपचारमा सहयोग गर्नका लागि गोफन्डमीमार्फत सहयोग रकम संकलन गर्न सुरू गरिएको छ। अहिलेसम्म तामाङ सोसाइटि अफ अष्ट्रेलियाको साउथ अष्ट्रेलिया शाखा, एडिलेड नेपलिज स्टुडेन्ट एशोसियसन र रेड राइनो क्रिकेट क्लबले गोफण्डमी मार्फत सहयोग रकम जुटाइरहेका छन्।

अहिलेसम्म उनको उपचारका लागि २३ हजार अष्ट्रेलियन डलर सहयोग जुटिसकेको छ। उनको उपचारका लागि ५० देखि ६० लाख लाग्ने अनुमान गरिएको छ।

प्रतिक्रिया