घट्यो पेट्रोल र डिजेलको मूल्य, अबको भाउ कति ?
शिक्षाखबर डेस्क
११ असार २०७९, शनिबार
no immg

११ असार, काठमाडाैँ । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। शनिबार बसेको मन्त्री परिषद् बैठकले पेट्रोलिमय पदार्थको मूल्य घटाउने निर्याय गरेको हो।

मूल्य घटाइएको बारे उद्योग तथा आपुर्ति मत्रालयमा आयोजित पत्रकार सम्मेलनमा आपुर्तिमन्त्री दिलेन्द्र बडुले पेट्रोलमा २० रुपैयाँ र डिजेलमा २९ रुपैयाँ मूल्य घटेको बताए। उनले सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको कर घटाएर मूल्य घटेको बताए ।

सरकारले अन्तर्राष्ट्रिय बजारमा किन्ने मूल्यमा भने कुनै कमी नआएको उनले बताए। अब पेट्रोल एक लिटरको १७९ र
डिजेल १६३ रुपैयाँ पुगेको छ। कुनमा कति शिर्षक कति कर घटाइएको भन्नेमा मन्त्री बडुले बताएनन्।

प्रतिक्रिया