सप्तगण्डकी क्याम्पसका प्राध्यापकमाथि गरिएको हातपातका विरूद्ध अनेरास्ववियु क्रान्तिकारीको आपत्ति
शिक्षाखबर डेस्क
१७ असार २०७९, शुक्रबार
no immg

१७ असार, चितवन। चितवनको भरतपुरस्थित सप्तगण्डकी बहुमुखी क्याम्पसका प्राध्यापकमाथि हातपात भएको भन्दै अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले आपत्ति जनाएको छ।

शुक्रबार एक विज्ञप्ती जारी गर्दै अनेरास्ववियु क्रान्तिकारीले विद्यार्थीलाई पढाईरहेका प्राध्यापक माथि हातपात गरिएको भन्दै भर्त्सना गरेको हो।

संयोजक प्रकाशद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘क्याम्पस भित्र एक व्यक्तिले अराजक ढंगबाट कक्षामा प्रवेश गरी विद्यार्थीलाई पढाईरहेका प्राध्यापक माथि हातपात गरिएको प्रति हाम्रो संगठन घोर भर्त्सना गर्दछ ।’

यस घटनालाई गम्भीर रुपमा लिएर दोषीलाई कारबाही गर्न पनि अनेरास्ववियुले माग गरेको छ ।

 

प्रतिक्रिया