६ साउन, एजेन्सी । अष्ट्रेलियाको अर्को राज्यमा पनि मङ्किपक्सको संक्रमण पुष्टि भएको छ। बिहीबार अष्ट्रेलियाको नर्थन टेरिटोरीमा मङ्किपक्सको संक्रमण फेला परेको हो।
स्वास्थ्य अधिकारीका अनुसार मङ्किपक्स संक्रमण भएका व्यक्ति यात्रु हुन्। अहिले उनी आइसोलेसनमा रहेका छन्। प्रशासनले विज्ञप्तीमार्फत ती व्यक्तिबाट उक्त भाइरस सर्ने जोखिम कम भएको जानकारी दिएको छ।
गत हप्ता एसिटीमा पनि पहिलो पटक मङ्किपक्सको संक्रमण पुष्टि भएको थियो। अहिलेसम्म अष्ट्रेलियामा मङ्किपक्सका संक्रमितको संख्या ४२ पुगेको छ।
सबैभन्दा धेरै संक्रमित न्यु साउथ वेल्समा २२ जना रहेका छन्। त्यसैगरी, भिक्टोरियामा १५ जनामा संक्रमण पुष्टि हुँदा क्विन्सल्याण्ड र साउथ अष्ट्रेलियामा १-१ जनामा मङ्किपक्स संक्रमण पुष्टि भएको छ।
कोरोना भाइरसभन्दा कम दरमा संक्रमण फैलिने भएका कारण सतर्कताका अपनाएर यसको संक्रमण रोक्न सकिने बताइएको छ।