१५ साउन, काठमाडाैँ । पछिल्लो २४ घण्टामा देशभर थप ६२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको अपडेट अनुसार ५८४६ जनामा परीक्षण गर्दा ५८४६ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो।
२६५१ नमुनाको पीसीआर परीक्षण गर्दा ४९६ जनामा र ३१९५ नमुनाको एन्टिजेन परीक्षण गर्दा १२४ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ।
त्यसैगरी पछिल्लो २४ घण्टामा २९७ जना संक्रमित निको भएका स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। योसँगै सक्रिय संक्रमितको संख्या ४ हजार ५६७ पुगेको छ। पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ।