१९ साउन, काठमाडाैँ । बुधबार मुलुकभर थप ७६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ९२६ जनामा गरिएको परीक्षणमा ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
बिहीबार देशभर ३२४ जना कोरोना संक्रमण मुक्त भएका छन् एक जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ।