अष्ट्रेलियामा तीन सयभन्दा बढी प्रकारका औषधी अभाव
शिक्षाखबर डेस्क
२० श्रावण २०७९, शुक्रबार
no immg

२० साउन, एजेन्सी। अष्ट्रेलियामा औषधीहरूको अभाव देखिएको छ। अष्ट्रेलियामा आपूर्ति श्रृंखला समस्याहरू र बढ्दो मागको बीचमा सयौं औषधिहरू कम आपूर्ति भएका छन्।

थेरापिक गुड्स एड्मिनिस्ट्रेसनले अष्ट्रेलियामा ३४३ थरीका औषधिहरू कम भएको बताएको छ। उक्त सुचीमा बिहीबार एकैदिन दर्जनाैँ औषधिहरू थपिएका छन्।

अभाव भएका औषधिहरूमा एन्टिडिप्रेसन्ट, उच्च रक्तचाप, मधुमेह लगायत दमको औषधिहरू रहेका छन्।

अष्ट्रेलियामा औषधि लिन आवश्यक पर्ने मानिसहरूको लागि पर्याप्त औषधि नहुने सम्भावना हुँदा औषधिको अभाव हुने गरेको बताइएको छ।

त्यहाँ सामान्यतया एउटै औषधिको वैकल्पिक ब्रान्ड, शक्ति वा खुराक रूपहरू उपलब्ध भएको र तिनिहरू प्रयोग गर्न सुझाव दिइएको छ।

प्रतिक्रिया