काठमाडाैँमा अष्ट्रेलियन हाइ कमिसनको अन्तरक्रिया, भिसा रिजेक्सनका कारणबारे छलफल
शिक्षाखबर डेस्क
२२ श्रावण २०७९, आईतवार
no immg

२२ साउन, काठमाडाैँ । अष्ट्रेलियन हाइ कमिसनका प्रतिनिधि र नेपालका शैक्षिक परामर्शदाताहरूबीच छलफल भएको छ। शुक्रबार काठमाडाैँस्थित अष्ट्रेलियन एम्बेसीमा दुइ पक्षबिच छफलफ भएको हो।

उक्त छलफलमा अहिले अष्ट्रेलियामा नेपाली विद्यार्थीहरूको भिसा आवेदन रद्द भएको विषयमा छलफल भएको बताइएको छ।

उक्त छलफलमा नेपाली विद्यार्थीहरूले भिसा आवेदन दिँदा नक्कली कागजात पेश गरेका कारण पनि भिसा रद्द (रिजेक्सन) भएको अष्ट्रेलियन पार्टीको ठम्याइ रहेको छ।

उक्त छलफलमा सहभागी कंगारू एजुनेशन कन्सल्टेन्सीका प्रतिनिधिले दिएको जानकारी अनुसार मुख्यतः ४ वटा कारण अहिले नेपाली विद्यार्थीहरूको भिसा रिजेक्सन भइरहेको पाइएको छ।

ती प्रतिनिधिका अनुसार कपि पेस्ट गरिएका लामा र भद्दा एसओपी, आर्थिक शर्तलाई पूर्णता दिने कागजातहरू पूर्ण नभएका, अपूर्ण कागजातहरू तथा जानकारी र नक्कली कागजातहरू पेश गरेको पाइएपछि अष्ट्रेलियाको भिसा रिजेक्सन बढिरहेको त्यहाँ चर्चा भएको थियो।

त्यसैगरी, कन्सल्टेन्सीका प्रतिनिधिका अनुसार कमजोर शैक्षिक अंक प्राप्त गरेका र अंग्रेजी भाषामा कमजोर विद्यार्थीहरूको पनि भिसामा अष्ट्रेलियन हाइ कमिसनले कडाइ गरेको छ।

अहिले अष्ट्रेलियामा अध्ययन गर्नका लागि आवेदन दिएका अधिकांशको भिसा  रिजेक्सन भइरहेको छ।  स्नातक र स्नातकोत्तर तह अध्ययन गर्न जानेका लागि यो समस्या नदेखिएता पनि व्यावसायिक शिक्षा तथा प्रशिक्षण(भेट) प्रोग्राममा जानेहरू यो समस्यामा परिरहेका छन्।

प्रतिक्रिया