मुख्यखबर

९३४ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु

शिक्षाखबर संवाददाता

२३ श्रावण २०७९, सोमबार

२३ साउन, काठमाडाैँ । पछिल्लो २४ घन्टामा देशभर ९३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ९३४ जनामा संक्रमण पुष्टि भएको हो। ५ हजार ३५१ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।

दुई हजार ८६२ जनाको पिसिआर र २ हजार ४८९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर ५६८६ जना सक्रिय संक्रमित छन्।

४७० जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ।