२४ साउन, धरान । इन्जिनियरिङ अध्ययन संस्थान पुर्वाञ्चल क्याम्पसमा नाैलो तरिकाको प्रदर्शन भएको छ।
क्याम्पस प्रशासनले विद्यार्थीको मागहरु सुनेर पनि नसुने जस्तो गरेपछि अखिल (क्रान्तिकारी) ले शिक्षक तथा कर्मचारीहरुलाई EAR BUD प्रधान गरि शान्तिपूर्ण आन्दोलन गरेको हो। शिक्षक र कर्मचारीहरूसहित विद्यार्थीहरुलाई पनि EAR BUD को व्यवस्था गरिएको अखिल(क्रान्तिकारी)ले जानकारी दिएको हो।
अखिल(क्रान्तिकारी)ले इन्जिनियरिङ अध्ययन संस्थान पुर्वाञ्चल क्याम्पसमा निम्न समस्याहरू समाधानको माग सहित प्रदर्शन गरिरहेको छ।
समस्याहरु :
१) छत चुहिने समस्या पहिले देखि नै भएको र यस बारेमा पटक पटक पटक भन्दा पनि समस्या यझै हल नभएको ।
२) होस्टलमा First Aid Box उपलब्ध गराइदिन धेरै अगाडि भनेको तर अझै पनि उपलब्ध नभएको र एकजनालाई सोहीबारे तालिम दिन भनेको कुरा पनि पूरा नभएको ।
३) खाजा खाने समय २ देखि ३ बजे सम्म भएपनी प्रशासन चाहिँ साढे ३ बजे सम्म बन्द रहेको ।
४) पटक पटक ल्याबको बारेमा भन्दा पनि ल्याब १% पनि नसुध्रिएको ।
५) Assessment Mark पनि समयमा विद्यार्थीलाई नबताएको समस्या ।
यस कार्यक्रम पश्चात क्याम्पस प्रशासनको ध्यानाकर्षण भएको छ र मागहरु पूरा हुनेमा विश्वस्त भएको अखिल(क्रान्तिकारी)ले जानकारी दिएको छ।