अष्ट्रेलियामा ब्लड क्यान्सर भएका नेपाली विद्यार्थीको सफल बोनम्यारो प्रत्यारोपण
शिक्षाखबर डेस्क
२५ श्रावण २०७९, बुधबार
no immg

२५ साउन, काठमाडाैँ । अष्ट्रेलियामा क्यान्सर पीडित नेपाली विद्यार्थीको बोनम्यारो सफल प्रत्यारोपण भएको छ। नेपालबाट प्रसन्न विद्याधरकी आमा कमला विद्याधरले अष्ट्रेलिया पुगेर आफ्नो शरिरको बोनम्यारो निकालेर छोरालाई दिएकी थिइन्।

उनले १३ दिन अघि आफ्नो शरिरको बोनम्यारो निकालेर छोरालाई दिएकी थिइन्। क्यान्सर पीडीत प्रसन्नको ब्रिसबेनस्थित वाइस्ली हस्पिटलमा उपचार भइरहेको छ।

केही समय अघि कीर्तिपुर घर भएका २२ वर्षिय प्रसन्नलाई रगतको क्यान्सर पुष्टि भएको थियो। उनी सिड्नीमा अध्ययनरत थिए। डाक्टरको सल्लाह बमोजिम उनको बोनम्यारो प्रत्यारोपण गरिएको एमएनटिभीमा उल्लेख छ।

अहिले उनको अति संवेदनशिल कक्षमा उपचार भइरहेको छ। उनको उपचारमा सहयोग गर्नका लागि आर्थिक संकलन गरिएको थियो। तर, उक्त रकम उपचारका लागि अपुग देखिएपछि परिवार चिन्तित बनेको छ।

गोफन्ड मि अकाउन्टमार्फत १७ सय दाताबाट ५८ हजार डलर संकलन गरिएको थियो। प्रसन्नको पूर्ण उपचारका लागि अझै यति नै रकम अपुग देखिएको छ।

प्रतिक्रिया