देशभर शनिबार घटे कोरोना संक्रमित
शिक्षाखबर डेस्क
२८ श्रावण २०७९, शनिबार
no immg

२८ साउन, काठमाडाैँ । पछिल्लो २४ घण्टामा देशभर २६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ३ सय ९९ जनाको पिसिआर र १ हजार ७ सय ६६ जनाको एन्टिजेन गरि ३ हजार १६५ जनाको कोरोना परीक्षण गर्दा २६३ जनामा संक्रमण पुष्टि भएको हो।

योसँगै देशभर ५ हजार ४३४ जना सक्रिय संक्रमित छन्। यस्तै, ५०१ जना भने उपचारपछि डिस्चार्ज भएका छन्। यसको संक्रमणबाट पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया