देशभर ४५५ जना कोरोना संक्रमित थपिए, २ जनाले गुमाए ज्यान
शिक्षाखबर डेस्क
२९ श्रावण २०७९, आईतवार
no immg

२९ साउन, काठमाडाैँ । पछिल्लो २४ घन्टामा देशभर थप ४५५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार ४५५ जनामा संक्रमण पुष्टि भएको हो। ४ हजार ८२९ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।

२ हजार ३०८ जनाको पिसिआर र दुई हजार ५२१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर ५ हजार ४३५ जना सक्रिय संक्रमित छन्।

कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा दुई जनाको मृत्यु भएको छ। ३०२ जना संक्रमित निको भएका छन्।

प्रतिक्रिया