काठमाडाैँमा विद्यार्थीलाई लक्षित ट्राफिक अभियान, एकैदिन ११८ विद्यार्थी कारबाहीमा
शिक्षाखबर डेस्क
३१ श्रावण २०७९, मंगलवार
no immg

३१ साउन, काठमाडाैँ। काठमाडाैँ उपत्यकामा प्ल टु का विद्यार्थीलाई लक्षित गरी विशेष ट्राफिक अभियान सुरु भएको छ ।

हिजोदेखि सुरु भएको अभियान बिहान ५ बजेदेखि ७ बजेसम्म चल्नेछ । अभियान सुरु भएको हिजो एकैदिन १ सय १८ जना विद्यार्थी कारबाहीमा परेका छन् । कारबाहीमा परेकामध्ये ६१ जनासँग सवारी चालक अनुमति पत्र लाइसेन्स नभएको पाइएको छ ।

यस्तै, सवारी दर्ता किताब बिलबुक नबोकी मोटरसाइकल चलाउने ३९, मोटरसाइकलमा तीन जना चढेको कसुरमा ७ जना र हेलमेट नलगाइ मोटरसाइकल चलाउने एक जनालाई कारबाही भएको छ । त्यसैगरी, अन्य ट्राफिक नियम पालना नगर्ने १० जना कारबाहीमा परेका महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

उनीहरुलाई कसुर अनुसार कारबाही हुनेछ । बढ्दो दुर्घटना रोकथाम गर्न र ट्राफिक नियमको पालना गर्न/गराउन विद्यार्थी लक्षित विशेष अभियान थालेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार काठमाण्डौमा प्लस टु पढ्ने उमेर समूहका व्यक्तिहरु धेरैजसो दुर्घटनामा पर्ने गरेको पाइए पछि त्यसलाई रोक्न भन्दै अभियान थालिएको हो ।

एसईई उत्तीर्ण पछि धेरैजसो विद्यार्थीलाई अभिभावकले मोटरसाइकल र स्कुटर किनिदिने प्रवृत्ति बढ्दो छ । लाइसेन्स नै नभइ मोटरसाइकल र स्कुटर चलाउँदा दुर्घटनाको जोखिम बढेको छ ।

प्रतिक्रिया