२४ घण्टामा २ सय ८६ जनामा काेराेना पुष्टि
शिक्षाखबर डेस्क
५ भाद्र २०७९, आईतवार
no immg

५ भदाै, काठमाडाैँ । पछिल्लो २४ घण्टामा दुई सय ८६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी तीन हजार चार सय २३ जनाको नमुना परीक्षण गर्दा दुई सय ८६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण कसैको पनि ज्यान गएकाे छैन । यही अवधिमा चार सय ७९ जना सङ्क्रमित निको भएका छन् । अहिले नेपालमा चार हजार तीन सय ३८ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।

यसैबीच पछिल्लो २४ घण्टामा चार हजार तीन सय ४३ जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया