झापामा आयुर्वेद अस्पतालको उद्घाटन
शिक्षाखबर डेस्क
१६ भाद्र २०७९, बिहीबार
no immg

१६ भदाै, झापा। झापाको कमल गाउँपालिका–६ मा प्रादेशिक आयुर्वेद अस्पतालको उद्घाटन गरिएको छ । प्रदेश नम्बर १ का स्वास्थ्यमन्त्री जयराम यादव र कृषिमन्त्री झलकसिंह दर्लामीले संयुक्तरूपमा उद्घाटन गरे ।

विसं २०७५ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालको शिलान्यास गरेका थिए । कार्यक्रममा मन्त्री यादवले स्थानीयस्तरमा विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्नका लागि अस्पताल स्थापना भएको बताए । उनले अस्पताल निर्माणका लागि जग्गा दान गर्ने दाताको प्रशंसा गर्नुभयो । मन्त्री यादवले अस्पताल सञ्चालनमा कुनै पनि समस्या आउन नदिने प्रतिबद्धता व्यक्त गरे । उनले प्रविधि र जनशक्तिको व्यवस्थापनका लागि अघि बढ्ने बताए ।

कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले अस्पताल सञ्चालनका लागि स्थानीय सरकारले सक्दो प्रचार गर्ने बताए । अस्पतालमा ७० प्रकारका नसर्ने रोगको बिरामीको उपचार हुनेछ । आजैबाट अस्पतालले बहिरङ सेवासमेत सुरु गरेको अस्पतालका निमित्त आयुर्वेदिक चिकित्सक डा अनिलकुमार यादवले जानकारी दिए । कार्यक्रममा जग्गादातालाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया