देशभर थपिए ९१ जनामा कोरोना संक्रमण, ६५ जना संक्रमणमुक्त
शिक्षाखबर डेस्क
३ आश्विन २०७९, सोमबार
no immg

३ असोज, काठमाडाैँ। पछिल्लो २४ घण्टामा ९१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन तीन हजार नाै सय २४ जनाको नमुना परीक्षण गर्दा ९१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा एक सय ६५ जना काेराेना सङ्क्रमित निको भएका छन् । २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन ।

अहिले नेपालमा एक हजार सात ४० जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

प्रतिक्रिया