• मुख्यखबर

    नेपालमा ५१ जना कोरोना संक्रमित थपिए

    शिक्षाखबर संवाददाता

    ९ आश्विन २०७९, आईतवार

    ९ असोज, काठमाडाैँ। पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार २४ जनाको पीसीआर परीक्षणमा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    १ हजार २०६ जनाको पीसीआर परीक्षण गर्दा ४० जना र १ हजार ८१८ जनाको एन्टीजेन परीक्षण गर्दा ११ जना गरी ५१ जनामा संक्रमण पुष्टि भएको हो ।

    आज थपिएका सँगै देशभर १ हजार २२३ जना सक्रिय संक्रमित रहेका छन् । आज एक सय जना संक्रमण मुक्त भएका छन् । आज कसैको मृत्‍यु भएको छैन ।