कृषकलाई कृषि क्षेत्रमा सहयोग पुर्याउन कृषि ज्ञान केन्द्र स्थापना
शिक्षाखबर डेस्क
१० आश्विन २०७९, सोमबार
no immg

१० असोज, तेह्रथुम। कृषकलाई कृषि क्षेत्रमा सहयोग पुर्याउने उद्देश्यले तेह्रथुमको म्याङलुङमा आइतबार ‘कृषि ज्ञान केन्द्र’ स्थापना गरिएको छ । साबिकको जिल्ला कृषि विकास कार्यालयमा नयाँ नामसहित स्थापना गरिएको ज्ञान केन्द्रको प्रदेश नं १ का कृषिमन्त्री भलकबहादुर मगरले उद्घाटन गरे । सो अवसरमा उहाँले नयाँ सोचका साथ अगाडि बढी किसानका समस्या समाधानमा अग्रसर रहन कर्मचारीलाई निर्देशन दिए ।

मन्त्रालयले ज्ञान केन्द्रलाई आवश्यक सहयोग गर्ने र ज्ञान केन्द्रले किसानलाई सहयोग गर्नुपर्ने भन्दै मन्त्री मगरले केन्द्र, प्रदेश र स्थानीय तहसँगको सहकार्यमा पहिलेभन्दा बढी व्यवस्थित ढङ्गले तेह्रथुमका किसानले समयमै मलखाद्य, सेवासुविधा पाउनुपर्ने बताए ।

मन्त्रालयले प्रदेशभित्रका सबै जिल्लामा कृषि ज्ञान केन्द्र स्थापना गरी कृषकलाई सहज पहुँचको व्यवस्था गरेको मन्त्री मगरले बताए । उनले कार्यालय स्थापना हुँदा केन्द्र सरकारको अधिकार प्रदेश सरकारमा आएको र प्रदेश सरकारले स्थानीय तहको कामलाई समेत सहयोग पुर्याउने बताए ।

स्थानीय तह भएसँगै धनकुटामा रहेको कृषि ज्ञान केन्द्रले तेह्रथुमलाई पनि हेर्ने गरेको थियो । जसबाट गर्दा कृषकहरुलाई सानो काममा पनि धनकुटा जानुपर्ने बाध्यता रहेको थियो । अब त्यो बाध्यता हटेको र कृषकलाई काम गर्न सहज भएको अगुवा कृषक योगेन्द्र गड्तौलाले बताए ।

प्रतिक्रिया