• मुख्यखबर

    २४ घण्टामा थपिए ५० जनाभन्दा कम कोरोना संक्रमित

    शिक्षाखबर संवाददाता

    १३ आश्विन २०७९, बिहीबार

    १३ असोज, काठमाडाैँ। पछिल्लो चौबिस घण्टामा देशभर कोरोना भाइरसको ४५ जना नयाँ संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ६७८ जनाको स्वास्थ्य परिक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमण भएको पाइएको हो ।

    बितेको चौबिस घण्टामा १ हजार ३०७ जनाको पीसीआर र १ हजार ३७१ जनाको एन्टीजेन विधिबाट कोरोना परिक्षण गरिएको थियो ।

    उक्त समयमा ७० जना कोरोना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार हाल देशमा सक्रिय कोरोना भाइरस संक्रमितको संख्या १ हजार ७७ रहेको छ ।